समाचारबुधबार, भाद्र ९, २०७२
टीकापुर घटनाको राजनीतिक समाधान खोज्नुपर्छः महतो
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्ने बताएका छन् ।
उक्त पार्टीले जनकपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले टीकापुरमा भएको घटना दुर्भाग्यपूर्ण भएको बताए ।
अध्यक्ष महतोले वार्ताको औचित्य समाप्त भएकाले सरकारसँग वार्तामा नबसेको बताए । “विगतको सम्झौता लागू गर्नु पर्दछ र सोहीअनुरुप संविधान बन्नु पर्दछ”, महतोले भने ।
आमहडतालबाट जनताको जीवन कष्टकर हुँदै गएकाेबारे जिज्ञासा राख्दा अध्यक्ष महतोले अधिकार प्राप्तिका लागि जनताले नोक्सानी सहनु पर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
