समाचारबुधबार, भाद्र ९, २०७२
निषेधाज्ञा तोड्न खोज्दा परासीमा गोली चल्यो, २ घाइते
आन्दोलनकारीले निषेधाज्ञा तोड्दा नवलपरासीको परासीमा गोली चलेको छ ।
प्रर्दशनकारीहरुले भूमही– भैरहवा बाइपास रोडको बालगोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले गोली चलाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाका अनुसार आन्दोलनकारीलाई प्रहरीले निषेधाज्ञा नतोड्न आग्रह गर्दा उल्टै प्रहरीमाथि जाइलागेपछि प्रहरीले अश्रुग्याँस, हवाइफायर गरेको थियो । त्यती गर्दा पनि प्रदर्शनकारीले अटेर गरी अघि बढ्न खोजेपछि गोली चलाउनु परेको उनले बताए ।
गोली लागेर सनही – ९ का विहवी धोवी र रामग्राम नगरपालिकाका मुन्नी कलवार घाइते भएका छन् । घाइते धोवीलाई उपचारका लागि भैरहवा लगिएको छ । कलवारको सामान्य भएकाले पृश्वीचन्द्र अस्पतालमा उपचार हुँदैछ ।
-विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>