Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शान्ता चौधरी लेख्छिन्, ‘देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं’ - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र ९, २०७२

शान्ता चौधरी लेख्छिन्, ‘देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं’

हिमालखबर

10444414_699160443533538_3695419641352566440_nटिकापुरमा जे भयो गाउँका अबोध थारुहरुलाई अगाडि सारेर भयो। थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयो ।

थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन । यो अपराध हो । यो सबैको छानविन होस । थारु समुदायले अरुको अधिकार खाेस्ने होइन ।

थारुमा पनि धनी र गरिब छ । धनीको एउटा जात र गरिबको अर्काे जात बुझौ। पूरै समुदायलाई दोष नदिउँ । अरुले जस्तै अधिकार माग्न थारु एकजुट हुनुपर्छ, सबै समुदायको साथ लिनुपर्छ । देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं ।

थारु नेपालको प्राचीन समुदाय हो। बुद्धको सन्तान भनेर हामी गर्व गर्छौ । यो देश सबै समुदायको हो, मिलेर बस्नुपर्छ भन्ने मान्यता थारुमा छ ।

धेरै वटा जातिको नेपाल भनेर गर्व गरौं‌ । मिलेर बसौं । थारु कसैका सत्रु होइनन् । जातीय आक्षेप कसैले कसैलाई नलगाउँ । देश हाम्रो साझा हो ।

जातीय राजनीतिले भलोे गर्दैन । म थारु समुदायको हूँ र थारुलाई बदनाम गर्न खोजिँदा दुख लाग्छ । अपराधी जुन जातमा पनि हुन्छन ।हिंसा हत्या गर्ने मानिसलाई जातीय आँखाले नहेरौं । कुनै विशेष जातको मानिसले हिंसा गर्‍यो नभनौं। जातिलाई दोष नदिऔं ।

अपराधीको जात हुदैन । अहिले साम्प्रदायिक आगो लगाउन खोजिदै छ । जनतालाई हिंसामा उतार्न खोजिदैछ । सबै सचेत हुनुपर्छ र सबै खालका आन्दोलन शान्तिपूर्ण गर्न अपिल छ ।

shanta

(पूर्व सभासद चौधरीको फेसबुकबाट लिइएको)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>