समाचारबुधबार, भाद्र ९, २०७२
टीकापुर सामान्य बन्दै, छानबिन गर्न १० जना पक्राउ
टीकापुरमा तीन दिनअघि भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको छ ।
शान्ति सुरक्षाको स्थिति बिग्रन नदिन सेना र प्रहरीको गस्ती परिचालन गरिएपछि त्यहाँको स्थिति सामान्य बन्दै गएको हो ।
प्रहरी र सेनाको संयुक्त गस्तीसँगै आज त्यहाँ तोडफोडजस्ता हिंसात्मक क्रियाकलाप हुन नपाई स्थिति ८ साउनको तुलनामा सामान्य देखिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले बताए।
स्थानीय प्रशासनले घटनालगत्तैबाट टीकापुर नगर क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ । यस्तै, टीकापुर नगर र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ ।
दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएका गाउँबस्तीमा सेना र प्रहरीसहितले गस्ती गरेपछि आसपासका गाविस क्षेत्रमा एकखालको सन्नाटा छाएको मात्र नभई स्थानीय अझै आतङ्कित नै छन् ।
निषेधाज्ञाको उल्लङ्घन गर्दै ८ साउनमा टीकापुर र आसपासका केही गाउँमा एक समूहले मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का सभासद् जनकराज चौधरीको घरका साथै स्थानीय केही सर्वसाधारणका घर÷पसलमा तोडफोड गरेपछि अझै पनि हिंसा भड्किन सक्ने भन्दै स्थानीय आतङ्कित बनेका हुन् ।
छानबिनका लागि पक्राउ
प्रहरीले सोमबार टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै छानबिनका लागि थारुहटका केही स्थानीय कार्यकर्तालाई पक्राउ गरेको छ ।
पत्रपत्रिकाको प्रकाशन बन्द
घटनापछि टीकापुर क्षेत्रबाट प्रकाशन हुँदै आएका पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ ।
टीकापुरबाट चार/पाँचवटा पत्रिका प्रकाशन हुँदै आएका थिए । त्यहाँस्थित रेडियो फूलबारी एफएममा ८ साउनमा भएको तोडफोडपछि त्यसको प्रसारण समेत बन्द भएको छ ।
एफएममा भएको तोडफोड र स्थानीय केही पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
