समाचारबिहीबार, भाद्र १०, २०७२

जायजमा माग पूरा हुन्छः नेता नेपाल

हिमालखबर

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनरत पक्षले उठाएका जायज माग पूरा हुने बताएका छन् ।

उनले नयाँ संविधानको विधेयकमाथि भइरहेको सैद्धान्तिक छलफलमा भाग लिदै भने, “बार्तामा आउनुहोस्, जायज माग पूरा हुन्छ ।” उनले संविधान निर्माणको अन्तिम समयमा देश पुगेकाले सवैको भावना समेट्ने प्रयत्न हुनुपर्ने बताए ।

नेता नेपालले कम्युनिष्ट पार्टीले २००६ सालमा उठाएको संविधानसभाबाट जनताको संविधान निर्माण गर्ने अजेण्डा कार्यान्वयनको अन्तिम अवस्थामा पुगेको बताए । उनले भने, “यस्तो बेला संविधानसभाबाटै जायज मागहरुको सम्बोधन हुनुपर्छ ।”

उनले संविधानमा कतिपय शब्दहरु द्वन्द्वलाई बढवा दिने खालको उल्लेख भएकोमा असन्तुष्टि जनाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>