समाचारबिहीबार, भाद्र १०, २०७२

भोज खाएपछि ३ सय बढी विरामी

हिमालखबर

जगनाथ–९, दैलेखमा मृत्यु चोख्याउने भोज खाएपछि झण्डै ३ सय जना भन्दा बढी विरामी भएका छन् ।

कृष्णवहादुर केसीको घरमा मृत्युको चोख्याउने दिन खाना खाने अधिकांश विरामी परेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । विरामीमा टाउको दुख्ने, झाडापखाला लाग्ने, रिगंटा लाग्ने जस्ता लक्षण देखिएको छ ।

प्रजिअ घिमिरेका अनुसार उक्त स्थामा औषधीसहित स्वास्थ्यकर्मी र प्रहरी टोली खटाइएको छ । जाजरकोसँग सिमाना जोडिएको उक्त गाविस दुर्गम भएकाले उपचारमा समस्या भइरहेको छ ।

-यज्ञराज थापा, दैलेख

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>