समाचारबिहीबार, भाद्र १०, २०७२
टीकापुर आक्रमणमा घाइते भएका हल्वदारको निधन
टीकापुर आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार जनक नेगीको उपचारको क्रममा निधन भएको छ ।
उनलाई उपचारका लागि ८ भदौमा हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको उपचारकै क्रममा आज विहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनकाे नेपाल प्रहरीकाे अस्पतालमा उपचार भइरहेकाे थियाे ।
योसँगै उक्त आक्रमणमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । घटनास्थलमै एसएसपीसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
