रमझमबिहीबार, भाद्र १०, २०७२
डाक्टर सुन्दरी
माओवादी सशस्त्र विद्रोहको केन्द्र रोल्पामा जन्मिएर ५ कक्षासम्म त्यहीं पढे–हुर्केकी डा. निमा पुन (२३) ले यस वर्षको मिस मंगोल उपाधि जितेकी छन्।
१२ वर्षअघि परिवार ललितपुरको नख्खीपोट बसाइँ सरेसँगै निमालाई कुनै दिन सुन्दरी प्रतियोगिताको उपाधि जितेर शिरमा क्राउन लगाउने सपना पलाएको थियो।
त्यही सपनाकै फेरोमा उनी सन् २०१३ मा यही प्रतियोगितामा भिडेकी थिइन्। तर, ‘मिस पर्सनालिटी’ मै रोकिइन्। “एकपटक हार्दैमा हरेश खाइनँ, मलाई त जित्नु थियो”, ३० साउनमा ‘मिस मंगोल’ चुनिएकी उनी भन्छिन्। निमाको सुरुआती योजना त ‘मिस नेपाल’ मै भाग लिने थियो। तर, ५ फुट ३ इन्चको उँचाइले उनलाई साथ दिएन।
पूर्व बेलायती सैनिक परिवारकी निमाले ललितपुरको क्याम्पेन स्कूलबाट एसएलसी उत्तीर्ण गरिन्। र, चितवनको भरतपुर मेडिकल कलेजबाट एमबीबीएस सिध्याइन्। कलेजमै मेडिकल अफिसरका रुपमा कार्यरत उनको अबको उद्देश्य भने बालरोग विशेषज्ञ बन्ने छ।
महिला सशक्तीकरणका लागि काम गर्ने उनको अर्को उद्देश्य हो। “तर, यसका लागि ‘मिस मंगोल’ नै किन?” उनको जवाफ छ, “किनभने यसले मेरो आत्मविश्वास, शक्ति र जिम्मेवारी बढाउँछ।”
सुन्दरी उपाधिसँगै निमा अब चिकित्सा शिक्षा र पेशामै केन्द्रित हुन चाहन्छिन्। “मेरो पेशाले र्याम्प, म्युजिक भिडियो, फिल्म खेलेर बस्न मिल्दैन, त्यस्तो मन पनि छैन”, उनी भन्छिन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
