खेलकुदबिहीबार, भाद्र १०, २०७२

साफ यु–१९ः अफगानिस्तानलाई हराउँदै नेपाल फाइनल प्रवेश

हिमालखबर

आफगानिस्तानसँगको सेमीफाइनल खेलमा नेपाल विजयी भएकाे छ ।

नेपालले ३–२ गाेल अन्तरले अफगानिस्तानलाई पराजित गरेकाे हाे । पहिलाे हाफमा दुई गाेल गरेकाे नेपालले दाेस्राे हाफमा एक गाेल थपेकाे छ भने अफगानिस्तानले २ गाेल गरेकाे छ ।

पहिलो हाफमा नेपालका अञ्जान बिष्टले दुवै गोल गरेका हुन् । उनले झण्डै दुई मिनेटको फरकमा गोल गरे । दाेस्राे हाफमा नेपाल सुनिल बलले गाेल थपेका थिए ।

१९ बर्ष मुनिको साफ च्याम्पियनशीपमा नेपाल लगातार जित्दै आएको छ । यसअघि नेपालले भुटान र बङ्गलादेशलाई पराजित गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...