थप समाचारबिहीबार, भाद्र १०, २०७२
एमाले रौतहट कार्यालयमा आगजनी
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नेकपा एमाले रौतहटको कार्यालयमा आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले बन्द अवस्थामा रहेको एमाले पार्टी कार्यालयमा झ्यालबाट मट्टितेल रहेको शिशी कोठाभित्र फाल्दै आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगलागीका कारण उक्त कार्यालयमा रहेको फर्निचर, कुर्सी तथा टेबुल जलेका छन् । आगोलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
