समाचारबिहीबार, भाद्र १०, २०७२

महोत्तरी: सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकी हटाइयो

हिमालखबर

महोत्तरीका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकीहरु हटाइएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका अनुसार जिल्लाको बखरीचोक, मटिहानीचोक, मनरा, टिकुलिया, लक्ष्मीनियाँ, भिठ्ठामोड र सीमा क्षेत्रमा रहेका पाँच गरी ११ सुरक्षा चौकीहरु हटाइएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले आन्दोलनबाट उत्पन्न भएको असुरक्षाले ती चौकीलाई हाल ठाउँ ठाउँबाट हटाएर सम्बन्धित ‘बोर्डर आउटपोस्ट’मा गाभिएको बताए ।

अनिश्चितकालीन मधेश बन्द गरेर आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेशी मार्चाका कार्यकर्ताहरुले ८ भदौ बिहान सशस्त्र प्रहरीका बखरीचोक र मटिहानीचोकस्थित दुईवटा सुरक्षा चौकी जलाइदिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>