Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाँकेमा बन्द खुकुलो बनाइने - Himalkhabar.com

थप समाचारबिहीबार, भाद्र १०, २०७२

बाँकेमा बन्द खुकुलो बनाइने

हिमालखबर

bnakeविगत १६ दिनदेखि निरन्तर बन्द भोग्दै आएका बाँके जिल्लावासीले भोलि र पर्सि दुई दिन बन्दबाट केही राहत महसुस गर्ने भएका छन् ।

१२ भदौमा परेको पर्व रक्षाबन्धनलाई दृष्टिगत गरी जिल्ला बन्दको आह्वान गरेको संयुक्त थरुहट मधेश सङ्घर्ष समितिले भदौ ११ र १२ गतेको बन्द कार्यक्रमलाई खुकुलो पार्ने भएको छ ।

सङ्घर्ष समितिद्वारा १० भदौमा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा ११ र १२ गते नेपालगञ्ज बजारका सबै पसल सञ्चालन गर्न पाइने र बजारभित्र मोटरसाइकल तथा रिक्सा चलाउन सक्नेगरी बन्द खुकुलो पारिएको जानकारी गराइयो ।

१३ भदौ देखि जिल्ला पूर्णरुपमा पुनः बन्द गरिने प्रवक्ता पशुपति दयाल मिश्रले बताए ।

यसैगरी, जिल्लाको कोहलपुर बजार क्षेत्रमा पनि पसल, मोटरसाइकल, विद्यालय सञ्चालन गर्न दिइने, तर चारपाङ्ग्रे सवारी साधन चलाउन नपाउने गरी बन्दलाई खुकुलो पारिएको छ ।

यता जिल्ला प्रशासन कार्यालयले पनि बन्दका क्रममा हुनसक्ने सम्भावित अप्रिय घटनालाई दृष्टिगत गरी नेपालगन्ज र कोहलपुरमा लगाउँदै आएको निषेधित क्षेत्र यथावत् राखेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>