समाचारशुक्रबार, भाद्र ११, २०७२
तीनवटा रात्रिबसमा आगजनी
महोत्तरीको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा आगजनी भएको छ ।
बर्दिबास–१ मा पाँच दिनदेखि पार्किङ गरी राखिएको जनकपुर–जलेश्वर–काठमाडौँ चल्ने ना.५ ख ४९९४, गौशाला–सम्सी–काठमाडौँ चल्ने ना.५ ख २६९४ नम्बरको बस र एउटा अनटेस्ट बस गरी तीनवटा बसमा गएराति ११ः२० बजे अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए।
बर्दिबासको भोला वसन्त चौकदेखि ९हाईवे० भन्दा तीन सय मिटर उत्तरमा पार्किङ गरी राखिएको ती बसमा आगजनी भएपछि ना.५ख ४९९४ र अनटेस्ट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ना.५ ख२६९४ नम्बरको बसमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
आगजनी गरिएका तीनवटै बस महोत्तरीको औरही गाविस निवासी मुकेश चौधरीको रहेको प्रहरी निरीक्षक यादवले बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
