Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
टीकापुरका सुरक्षाकर्मी भन्छन,‘सपनामा पनि त्यही घटना देखिन्छ’ - Himalkhabar.com

थप समाचारशुक्रबार, भाद्र ११, २०७२

टीकापुरका सुरक्षाकर्मी भन्छन,‘सपनामा पनि त्यही घटना देखिन्छ’

हिमालखबर

टीकापुर नजिक पशुहाट बजार क्षेत्रमा खटिएका सुरक्षकर्मी । सबै तस्वीरः बच्चु विक

टीकापुर नजिक पशुहाट बजार क्षेत्रमा खटिएका सुरक्षकर्मी । सबै तस्वीरः बच्चु विक

एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जना मारिएको घटनापछि त्यस दिन ड्यूटीमा खटिएका सुरक्षाकर्मी राति सपनामा पनि त्यही घटना देखिने गरेको बताउँछन् ।

एसएसपी न्यौपाने मारिएको घरमा ११ भदौ बिहान भेटिएका प्रहरी जवानहरु त्रसित मुद्रामै देखिन्थे ।

‘‘डर त लाग्छ नी, एसएसपीसापको हत्या भएको देखेका छौं । को मान्छे कस्तो छ, चिन्न सकिन्न,’’ ति प्रहरी जवानले भने ।

सुरक्षाकर्मी मारिएको गाउँ र घटना भएको पशुहाटबजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ छ ।

कफ्र्यू लागेकाले सडकमा सुरक्षाकर्मी मात्रै छन् ।

ज्यान जोगाउन यही घरभित्र पसेका एसएसपी लक्ष्मण न्यौपानेलाई बाहिर निकाली आन्दोलनकारीले मारेका थिए ।

ज्यान जोगाउन यही घरभित्र पसेका एसएसपी लक्ष्मण न्यौपानेलाई बाहिर निकाली आन्दोलनकारीले मारेका थिए ।

पशुहाट बजारमा हिमालसँग कुरा गर्दै एक जुनियर प्रहरी अधिकृतले भने ‘‘त्यो विभत्स दृष्य बिर्सिन सकिएको छैन । हातमा बन्दुक भएपनि मन डर छ ।’’

घटनाका दिन प्रहरीका शव अस्पताल पुर्‍याएका उनी यस्तो ठूलो घटनामा यसअघि नपरेकाले अझै त्यस्तै हुलदङ्गा भइहाल्छ की भन्ने त्रास रहेको बताउँछन् ।

टीकापुर घटनापछि चार दिन यता त्यही क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका जवान पनि अझै त्रास नहटेको बताउँछन् ।

‘‘हामी पनि मान्छे हौं, सुरक्षाकर्मी भन्ने वितिक्कै कहाँ सुरक्षित भइन्छ र !’’ उनी भन्छन्, “फेरी जुलुस आउँदैछ, गाउँमा लास छन्, घर आगो लगाइँदैछ भन्ने हल्ला फैलाइरहेका छन्, यस्तै नचाहिंदो हल्लाले एक–अर्काप्रति शंका र आक्रमणको त्रास बढाउँछ ।”

टीकापुरमा गस्ती गर्दै सशस्त्रप्रहरी ।

टीकापुरमा गस्ती गर्दै सशस्त्रप्रहरी ।

यद्यपी घटनापछि सुरक्षाकर्मीको परिचालन व्यापक मात्रामा सतर्कतापूर्वक गरिएको छ ।

१० भदौमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी सहितको टोलीले टीकापुर क्षेत्रको निरीक्षण गरेर प्रहरी अधिकृतहरुलाई निर्देशन दिएको छ ।

सुरक्षाकर्मीहरुको मनोबल बढाउने गरी आदेश, निर्देशन दिइरहेको टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक धनबहादुर खडायत बताउँछन् ।

‘‘यत्रो घटना पछि त्रास त भइहाल्छ । उनीहरुको मनोबाल बढ्ने गरी काम गरिरहेका छौं । शान्ति कायम गर्ने कोशिशमै छौं’’ डीएसपी खडायत भन्छन् ।

इलाका प्रहरी कार्यालयबाट गस्तीका लागि निस्कने तयारीमा प्रहरी ।

इलाका प्रहरी कार्यालयबाट गस्तीका लागि निस्कने तयारीमा प्रहरी ।

‘‘यत्रो घटनापछि केही त्रास हुनु स्वभाविक हो तर, विस्तारै हट्छ,’’ टीकापुर इलाका प्रशासन कार्यालयका प्रमुख सुमन धिताल भन्छन् ।

५ दिनदेखिको कर्फ्यू, २२ साउनदेखिको हड्ताल, ३ भदौदेखिको निषेधाज्ञामा खटिइरहेका सुरक्षाकर्मी यसै पनि थकित छन् ।

घटनाको पाँचौ दिन पनि टीकापुर र आसपासको क्षेत्र सामान्य बन्न सकेको छैन् ।

टीकापुर लगायत आसपासको क्षेत्र दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएका कारण जनजीवन पनि कष्टकर बन्दै गएको छ ।

बजार बन्द भएकोले खाद्यान्न तथा दैनिक उपभोग्य सामान पनि अभाव देखिदै गएको छ ।

बच्चु विक, टीकापुरबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>