Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगन्जबाट प्रहरी सुरक्षामा चार सयभन्दा बढी वाहन पठाइयो - Himalkhabar.com

थप समाचारशुक्रबार, भाद्र ११, २०७२

वीरगन्जबाट प्रहरी सुरक्षामा चार सयभन्दा बढी वाहन पठाइयो

हिमालखबर

प्रहरीको सुरक्षामा गएराति वीरगन्जबाट चार सयभन्दा बढी यात्रुबाहक र मालबाहक वाहनहरु राजधानीलगायत विभिन्न स्थानका लागि पठाइएको छ ।

वीरगन्जबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षामा २०७ वटा ट्रक, ३२ वटा यात्रुबाहक बस, ९२ वटा तेलका ट्याङ्कर, ४२ वटा कन्टेनर, ग्यास बुलेट १६ वटा र चारपाङ्ग्रे साना गाडी गरी चार सयभन्दा बढी सवारी साधन पठाइएको हो ।

प्रहरी सुरक्षामा वीरगन्जबाट विभिन्न स्थानका लागि लगिएका वाहनमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

प्रहरीले वीरगन्ज भन्सार कार्यालय र सिर्सिया ड्राइपोर्ट कार्यालयबाट विभिन्न मालबाहक सवारी साधन र यात्रुबाहक बस स्कर्टिङ गरेर लैजाने क्रममा मधेश केन्द्रित दलका कार्यकर्ताहरुले वीरगन्जको बाइपास, अलखिया मठ, बहुअरी र परवानीपुर चोकमा निषेधाज्ञा तोडेर प्रदर्शन गरेका हुन् ।

आन्दोलनकारीले राति आधा दर्जन सवारी साधनमा समेत तोडफोड गरेका छन् ।

यसैबीच, मधेश केन्द्रित दलहरुले गरेको अनिश्चितकालीन मधेश बन्दका कारण पर्साको जनजीवन कष्टकर बनेको छ ।

१४ दिनदेखि बजार, पसल, कलकारखाना, शिक्षण संस्था, बैंक र वित्तीय संस्थाहरु बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ ।

लामो तथा छोटो दूरीका सवारी साधन पनि बन्द रहेका कारण यात्रुलाई सबैभन्दा बढी सास्ती भएको छ ।

आन्दोलनकारीले वीरगन्जका विभिन्न स्थानमा टायर बाली प्रदर्शन गरिरहेका छन् ।

———————————————————————————–

चारसय गाडीलाई सुरक्षा घेरामा गन्तव्यमा पठाइयो

संयुक्त मधेसी मोर्चा र थरुहट बन्दका कारण अलपत्र अवस्थामा रहेका करिव चार सय गाडीलाई सुरक्षा घेरामा राखी गएराति गन्तव्यतर्फ पठाइएको छ ।

विराटनगर भन्सारको परिसरमा थन्किएका ८२ वटा इन्धन बोकेका ट्याङ्कर, मालवाहक ट्रकका साथै राजमार्ग आसपासमा रहेका सवारीसाधन गरी दुई सय १० वटा गाडीलाई सुरक्षित स्थानमा पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी सुनसरीबाट सुरक्षा घेरामा आएका गाडीलाई जिल्लाको सीमावर्ती निमुवामा आफ्नो नियन्त्रणमा लिई गन्तव्यमा पठाइएको छ ।

सो क्रममा विराटनगरतर्फ आउन खोजेका राजमार्गका क्षेत्रका गाडीसमेत गरी भारततर्फ जाने एक सय ४० वटा गाडीलाई सीमा कटाई भारतमा पठाइएको छ ।

यसका साथै ६८ वटा गाडीलाई सुरक्षित साथ विराटनगर भन्सारको परिसरमा राखिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>