Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने - Himalkhabar.com

थप समाचारशुक्रबार, भाद्र ११, २०७२

आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने

हिमालखबर

rupandehiयस क्षेत्रमा साउन २८ गतेदेखि बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् ।

आन्दोलनरत संयुक्त मधेसी मोर्चा तथा संयुक्त थरुहट सङ्घर्ष समितिले रुपन्देहीका शैक्षिक संस्था खुला गर्न आह्वान गरेपछि आइतबारदेखि रुपन्देहीका सम्पूर्ण विद्यालय खुल्ने भएका हुन् ।

समितिले आज एक विज्ञप्ति जारी गरी भदौ १३ गते आइतबारदेखि सबै शैक्षिक संस्था खुला गर्न आह्वान गर्दै सो क्रममा चल्ने शैक्षिक संस्थाका सवारीसाधनलाई समेत अवरोध नगर्ने जनाएको छ ।

संयुक्त मधेसी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव र थरुहट संयुक्त सङ्घर्ष समिति रुपन्देही, कपिलवस्तु र नवलपरासीका संयोजक देवीप्रसाद चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – “यसबीचमा सम्पूर्ण विद्यालयका सवारीसाधन आवागमन, अध्ययन अध्यापनमा आन्दोलनरत पक्षले कुनै अवरोध नगरी सहज आवतजावत गर्न सहयोग पुराउने र आम शैक्षिक प्रतिष्ठान सञ्चालक, अभिभावक, विद्यार्थी, शिक्षकमा जानकारी गराउँदै ढुक्क भएर विद्यालय सञ्चालन गर्न अनुरोध गर्दछौँ ।”

विद्यालय बन्द रहँदा आन्दोलनमा विद्यार्थीको प्रयोगसमेत बढेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>