थप समाचारशुक्रबार, भाद्र ११, २०७२
महोत्तरी: एमाले सभासद्को कार्यालयमा तोडफोड
आन्दोलनकारीको एक समूहले ११ भदौ बिहान राजविराज–९ स्थित राजदेवी टोलमा रहेको एमाले सभासद् रञ्जु ठाकुरको कार्यालयमा तोडफोड गरेका छन् ।
सयौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले बिहान एक्कासि कार्यालयमा आएर तोडफोड गरेको एमाले कार्यालयले जनाएको छ ।
प्रदर्शनकारीले कार्यालयभित्र रहेका टेबुल र बोड तोडफोड गर्नुका साथै कार्यालयको झन्डा र बोर्डलाई बाहिर निकालेर जलाइ दिएका छन् । कार्यालयमा रहेका महत्वपूर्ण कागजातसमेत नष्ट पारिएको छ ।
एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले शान्ति सुरक्षाको माग गरेका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>