थप समाचारशुक्रबार, भाद्र ११, २०७२

लोकसेवाः शाखा अधिकृत तह लिखितकोे नतिजा प्रकाशित

हिमालखबर

लोक सेवा आयोगले शाखा अधिकृत र सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयको विज्ञापन नं. १६५३०–१६५३६/०७१।७२, एकीकृत सेवा (न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद) अन्तर्गतको परीक्षाको नतिजा ११ भदौमा प्रकाशित गरिएको आयोगले जनाएको छ ।

लिखित परीक्षामा ५०८ जना उत्तीर्ण भएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीले ‘सूचना प्रविधि सीप परीक्षण’ पनि पास गर्नुपर्नेछ ।

सीप परीक्षण २७ भदौ देखि ११ असोज सम्म हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...