समाचारशुक्रबार, भाद्र ११, २०७२
बाँके: पसल खुले, यातायात सुचारु

कोहलपुर बजारमा सवारी साधन प्रशस्तै गुडेका छन् । तस्वीर: केशव राना
लगातारको बन्दले उकुसमुकुस भएका बाँकेबासीले आज, ११ भदौमा राहत महसुस गरेका छन् ।
बाँकेका नेपालगञ्ज, कोहलपुर लगायतका बजारमा पसल व्यवसाय बिहानैदेखि खुलेका छन् ।
१२ भदौको जनैपूर्णिमालाई ध्यानमा राखी आन्दोलनरत संयुक्त थरुहट मधेश संघर्ष समिति बाँकेले बन्द खुकुलो बनाएपछि जनजीवन सहज हुन थालेको हो ।
समितिले चारपांग्रे सवारीसाधन सञ्चालन गर्न नदिने बताए पनि सबै खालका सवारी साधन सञ्चालनमा आएका छन् ।

कोहलपुर बसपार्कबाट बाहिर जिल्लाका लागि छुट्दै बसहरु । तस्वीर: केशव राना
जिल्लाबाट बाहिर जाने लामो दुरीका सवारी साधन पनि सञ्चालनमा आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
