Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बन्दबाट पूर्वमा रु ५० अर्बको नोक्सानी - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, भाद्र ११, २०७२

बन्दबाट पूर्वमा रु ५० अर्बको नोक्सानी

हिमालखबर

5संयुक्त मधेशी मोर्चाको १६ दिन लामो बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रसहित पूर्वाञ्चलका विभिन्न जिल्लामा अहिलेसम्म करिब रु ५० अर्ब घाटा भएको छ ।

एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी, व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका छन् । उद्योग सङ्गठन मोरङका अनुसार बन्दका कारण अधिकांश उद्योगको उत्पादन ठप्प भएको छ ।

उद्योगमा राखिएको कच्चा पदार्थ पनि नष्ट भएर जान थालेको छ । उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार राज्य पक्षबाट शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदा उद्योग बन्दकर्ताको निसाना बन्दै जान थालेको छ ।

निरन्तरको बन्दले व्यापार व्यवसाय चौपट भएको अध्यक्ष अग्रवालको भनाइ छ । स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिए उद्योग व्यवसाय खोल्न आफूहरु तयार रहेको उनले बताए ।

करिडोर क्षेत्रका उद्योगले दैनिक रु १५ करोड नोक्सान बेहोर्न परेपनि राज्यले बन्द खोल्न चासो नदिएको अग्रवालले आरोप लगाए ।

मजदुर र कर्मचारीको तलब, बिजुली, पर्यटन, व्यापार, उद्योग, होटल सबै क्षेत्रको हिसाब गर्ने हो भने पूर्वाञ्चलमा मात्रै दैनिक रु दुई अर्बभन्दा बढीको नोक्सानी भइरहेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालको भनाइ छ । यो क्षेत्रका होटल समेत सुनसान छन् ।

दश दिनयता यातायात, शैक्षिक संस्था, उद्योग व्यवसायसहित सबै क्षेत्र ठप्प छ । यातायात बन्द हुँदा विराटनगरका सरकारी र निजी अस्पतालमा समेत बिरामीको चाप छैन ।

विराट व्यापार सङ्घका अध्यक्ष रामजीवन अग्रवाल विद्युत् कटौतीले आक्रान्त बनेका व्यवसायी बन्दको मारमा पर्दा थला परेको बताउँछन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>