थप समाचारशुक्रबार, भाद्र ११, २०७२
सिन्धुपाल्चोकका ३७५ जना कांग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरी ३७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोकका नेकपा एमाले, एमाओवादी र राप्रपाका नेता एवम् कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा राप्रपाका महाधिवेशन प्रतिनिधि एवम् समानुपातिक तर्फबाट उम्मेदवार नोर्बु वाङ्गेल लामासहित २००, कर्माध्याच्चो लामाको नेतृत्वमा ३०, इन्द्रबहादुर लामाको नेतृत्वमा २० र चन्द्रबहादुर लामाको नेतृत्वमा १५, एमाओवादीका बयानबहादुर घिसिङको नेतृत्वमा ५० र सिंहबहादुर लामाको नेतृत्वमा ३० तथा एमालेका डम्बरबहादुर श्रेष्ठको नेतृत्वमा ३० जना रहेको कांग्रेसले जनाएको छ ।
उनीहरुलाई वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्दै साधारण सदस्यता प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
