समाचारशुक्रबार, भाद्र ११, २०७२

प्रधानमन्त्रीलाई थरुहटको पत्रः वार्ताको वातावरण बनाउनुहोस्

हिमालखबर

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले वार्ताको वातावरण बनाउन प्रधानमन्त्री समक्ष माग राखेको छ ।

कैलाली घटनापछि सरकारले थारु समुदायमाथि दमन नरोकी वार्ताका लागि पत्र पठाएको भन्दै थरुहट संघर्ष समितिले वातावरण तय गर्न प्रतिपत्र तयार पारको छ ।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले हिमालखबरसँग भने, “प्रधानमन्त्रीलाई बार्ताको वातावरण बनाउन पत्र तयार पारेका छौं, भोलि (१२ भदौमा) बुझाउँछौं ।”

उनका अनुसार मधेशमा जारी कर्फ्यू फिर्ता लिनुपर्ने, दंगाग्रस्त क्षेत्र हटाउनुपर्ने, आन्दोलनकारीमाथिको धरपकड रोक्नुपर्ने, झुटा मुद्दा फिर्ता लिनुपर्नेलगायतको माग संघर्ष समितिले उल्लेख गरेको छ । कैलालीमा एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जना मारिएपछि सरकारले तराईका जिल्लाहरुमा दंगाग्रस्त क्षेत्र र कफ्र्यू जारी राखेको छ भने स्थानीय प्रशासनले सेना परिचालन गर्ने सक्ने निर्देशन दिएको छ ।

चौधरी भन्छन्, “बार्ताको बातावरण तय भएपछि बार्तामा बस्छौं, यसबीच हाम्रो आन्दोलन जारी हुन्छ ।” प्रधानमन्त्री सुशील कोइरालाले ८ भदौमा नै बार्तामा आउन असन्तुष्ट पक्षलाई पत्र पठाइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>