Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सेजनमा अवस्थी, कसले कति मत पाए ? - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, भाद्र ११, २०७२

सेजनमा अवस्थी, कसले कति मत पाए ?

हिमालखबर

Sejon1

तस्बीरः द्वारिका काफ्ले

नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा गोकर्ण अवस्थी निर्वाचित भएका छन् । राजधानीमा ११ भदौमा सम्पन्न १६ औं साधारणसभाबाट उनी अध्यक्ष निर्वाचित भएका हुन । अवस्थीले १०९ मत, कुवेर चालिसेले ७८ र लोकबहादुर चापागाईले २७ मत पाएका थिए ।

मत परिणाम अनुसार उपाध्यक्षमा निर्वाचित पुष्पराज आचार्यले १११ मत ल्याएका छन् । उनका निकतम प्रतिद्वन्द्वी रमेश ढकालले ५५ मत पाए । यस्तै बद्री गौतमले ३० र शरदचन्द्र भण्डारीले १७ मत प्राप्त गरे ।

मोदनाथ ढकाल १०३ मत सहित महासचिव निर्वाचित भएका छन् । महासचिवका प्रत्यासी सुदर्शन सापकोटाले ८७ मत प्राप्त गरे । अर्का उम्मेदवार अच्युत पौडेलले २७ मत पाए।

सचिवमा ७६ मत सहित रामराजा श्रेष्ठ निर्वाचित भए भने आशिष ज्ञवालीले ५३ मत पाए । यस्तै भुवन पौडेलले ३१, उद्धव थापाले ३० र सीताराम विलासीले २४ मत पाए।

कोषाध्यक्षमा विजयी भीम गौतमले ९३, पुष्प दुलालले ६२ र राधिका ढकालले ५८ मत प्राप्त गरे ।

पाँच सदस्य पदमा सरस्वती ढकाल १७९, अनिल परियार १७८, भागवत भट्टराई १४२, सविन मिश्र १३६ र सुजन ओली १०६ मत सहित निर्वाचित भए ।

कुल मतदाता २३६ रहेकाेमा २२३ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>