समाचारशनिबार, भाद्र १२, २०७२
आज बर्दिया खुला, चहलपहल बढ्यो
सीमाङ्कनप्रति असहमति राख्दै आन्दोलनरत थरुहट संघर्ष समिति र मधेशी मोर्चाले आज एक दिनका लागि बर्दियामा यातायात र बजार खुला गर्ने निर्णय गरेको छ ।
सदरमुकाम गुलरीयामा १० भदौ साँझ बसेको सर्वपक्षीय वैठकपछि जनैपूर्णिमाको अवसरमा एक दिनका लागि यातायात र बजार खुला गर्ने निर्णय गरीएको थरुहट संघर्ष समिति बर्दियाका प्रवक्ता देबमान चौधरीले जानकारी दिए ।
थरुहटले आव्हान गरेको बन्दको आज १९ औँ दिन विहानै देखि सडकमा यातायातका साधन चल्न थालेका छन् । बजारमा चहलपहल बढेको छ ।
त्यसैगरी बैठकले विरोधका कार्यक्रम गर्दा लाठी, गुलेली लगायतका घरेलु हतियार प्रर्दशन नगर्ने, शान्ति सदभाव खलबलिने खालका नाराबाजा र कार्यक्रमहरु नगर्ने पनि सहमति भएको छ ।
थारु कल्याणकारी सभा बर्दियाका अध्यक्ष गोविन्द थारुले ११ भदौ दिउँस १२ बजेदेखि १२ गते बेलुका सम्म गाडी र बजार खुला गरेको विज्ञप्ति जारी गरे पनि मधेशी मोर्चाले बन्द कायमै राख्दा ११ गते बजार र यातायात खुल्न पाएन ।
बाँकेमा पनि थरुहट संघर्ष समितिले १० भदौदेखि १६ भदौसम्म यातायात खुल्ला गर्ने बताए पनि मधेशी मोर्चाले मानेको छैन ।
भावुक योगी, बर्दिया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
