समाचारशनिबार, भाद्र १२, २०७२
बाँकेमा निषेधित क्षेत्र हटाइयो
आन्दोलनले उग्र रुप लिन थालेपछि बाँके प्रशासनले कोहलपुर र नेपालगञ्ज क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले ११ भदौ साँझबाट नेपालगञ्ज र कोहलपुरमा तोकिएको निषेधित क्षेत्र हटाइएको जानकारी दिए ।
जिल्लाको सुरक्षा स्थिति सुदृढ हुनुका साथै चाडपर्व समेत नजिकिएकाले निषेधित क्षेत्र हटाइएको उनले बताए ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
