Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यु- १९ साफ: नेपाल १-० ले अगाडि - Himalkhabar.com

खेलकुदशनिबार, भाद्र १२, २०७२

यु- १९ साफ: नेपाल १-० ले अगाडि

हिमालखबर

footballप्रथम साफ यू–१९ च्याम्पियनसिपको उपाधिका लागि भारतसँग भिडिरहेको नेपालले पहिलो गोल गरेको छ ।

काठमाडौंको सातदोबाटोस्थित फुटबल मैदानमा जारी खेलमा पहिलो हाफसम्म नेपाल १-० ले अगाडि छ ।

खेल शुरु भएको ३० औं मिनेटमा नेपाली खेलाडी तेज तामाङले गोल गरेका हुन् ।

खेलमा नेपालले दबदबा कायमै राखेको छ ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्नु नै आफ्नो टोलीको लक्ष्य भएको बताउँदै थपे, “उपाधि जित्नकै लागि हामी खेल्नेछौँ, त्यसका लागि हामीसँग भएको क्षमता शतप्रतिशत उपयोग गर्नेछौँ ।”

प्रशिक्षक महर्जनले सिनियर र उमेर समूहमा भारतसँग पराजित हुने गरेको परम्परा यु–१९ ले तोड्ने दाबी गरेका छन् ।

भारतीय प्रशिक्षक साइद सवीर पशाले पनि फाइनलका लागि तयार भएको भन्दै सजिलै उपाधि गुमाउन नचाहेको प्रतिक्रिया दिए ।

चिरपरिचित प्रतिद्वन्द्वी भारतसंगको आजको प्रतिस्पर्धा हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतको उपस्थिति छ भने दुई हजार टिकट बिक्री भइसकेको एन्फाले जनाएको छ ।

उल्लेख्य सङ्ख्यामा दर्शक आएपनि सीमित सिटसङ्ख्याका कारण धेरै दर्शक त्यत्तिकै फर्किएको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>