खेलकुदशनिबार, भाद्र १२, २०७२

भारतलाई हराउँदै नेपाल बन्यो यू–१९ साफ च्याम्पियन

हिमालखबर

kheladiयू–१९ साफ च्याम्पियनसिप फुटबलमा भारतलाई ५–४ ले हराउँदै नेपालले उपाधी जितेको छ ।

शनिबार १२ भदौमा सातदोबाटोस्थित एन्फा खेल मैदानमा भएको फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ५ का विरुद्ध ४ गोलको अन्तरले हराएको हो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा नेपाल र भारतले १–१ अन्तरको बराबरी खेलेका थिए ।

नेपालले फुटबलमा २२ वर्षपछि फुटबलको उपाधि जितेको हो ।

खेल अवधिभर नेपालले भारतीय खेलाडीमाथि दबदबा कायमै राखेको थियो ।

खेल शुरु भएको ३० औं मिनेटमा नेपाली खेलाडी तेज तामाङले गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा नेपालका खेलाडीको हातले भारतको डी एरियाभित्र बल छुन पुगेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै भारतले ८७ औं मिनेटमा पहिलो गोल गरेको थियो ।

निर्धारित ९० मिनेटमा बराबरीमा रहेको खेल टाइब्रेकरमा  पुगेपछि नेपाली गोलकिपर सोजित गुरुङले भारतीय खेलाडीको एउटा प्रहार रोकेर नेपाललाई अग्रता दिलाएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>