समाचारआइतबार, भाद्र १३, २०७२
बाबुराम भट्टराईले डा केसीसँग भने, “तपाईका माग चार दलको बैठकमा राख्छु”
एमाओवादीका नेता बाबुराम भट्टराईले अनसनरत प्रा. डा. गोविन्द केसीलाई भेटेर उनका माग चार दलको बैठकमा राख्ने बताएका छन् ।
१३ भदौ विहान अस्पताल पुगेर भट्टराईले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
उनले केसीको माग जायज भएको भन्दै चार दलको बैठकमा राख्ने र ती मागहरु सम्बोधन गर्न पहल गर्ने बताए ।
माथेमा आयोगको प्रतिवेदन र विगतमा भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
