समाचारआइतबार, भाद्र १३, २०७२

संविधानको विधेकमाथिको सैद्धान्तिक छलफल आज सकिने

हिमालखबर

संविधानसभामा ९ भदौदेखि जारी संविधानको परिमार्जित विधेयक, २०७२ माथिको सैद्धान्तिक छलफल आज सकिंदैे छ ।

छलफलमा लागि भाग लिन ४ सय ५२ जना सभासद्ले नाम टिपाएकोमा ३ सय ९४ जनाले बोलिसकेका छन् ।

छलफलमा भाग लिन थोरै सभासद्हरु मात्रै बाँकी रहेकोले आज नै छलफल सकिने सचिवालयले जनाएको छ ।

सैद्धान्तिक छलफलमा भाग लिने सभासद्हरूले प्राप्त उपलब्धिको रक्षा गर्दै छिटो भन्दा छिटो संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् ।

सबैको भावना समेट्ने गरी संविधान आएको भन्दै उनीहरूले हाल देखिएका केही असन्तुष्टिहरूलाई सम्बोधन गरेर उत्कृष्ट अझै परिस्कृत संविधान बनाउनुपर्ने बताएका छन् ।

सैद्धान्तिक छलफल सकिएपछि आज नै संशोधनका लागि ७ दिनको समय दिइने तयारी भएको संविधानसभा सचिवालयका प्रवक्ता डा. भरत गौतमले बताए ।

संविधानसभाको आजको बैठक बिहान साढे ११ बजे बोलाइएको छ ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>