समाचारआइतबार, भाद्र १३, २०७२

५५० सवारी साधन स्कर्टिङ गरी गन्तव्यमा पुर्‍याइयो

हिमालखबर

प्रहरीले वीरगञ्जबाट ५५० सवारी साधनलाई सुरक्षा घेरामा राखेर गन्तब्यतर्फ पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तेल ट्याङ्कर, कन्टेनर, कार्गो ट्रक, यात्रुबहाक बस लगायत ५५० वटा सवारी साधन १२ भदौ राति स्कर्टिङ गरेर जिल्ला बाहिर पठाईएको हो ।

स्कर्टिङ गरेर लैजाँदै गरिएका सवारी साधनमाथि मधेशी मोर्चाका कार्यकर्ताद्वारा राति पनि ढुंगामुढा भएको र त्यसक्रममा प्रहरी नायब उपरीक्षकको गाडीमा समेत ढुंगा प्रहार भएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

पर्सा ड्राईपोर्टबाट जगरनाथपुर, परवानीपुर हुदै जीतपुर पथलैयातर्फ जाँदै गरेका मालवाहक तथा यात्रुवाहक सवारी साधनहरु मध्ये दुई दर्जन गाडीमा परिवानीपुरमा तोडफोड भएको हो ।

प्रशासनले लगाएको निषेधाज्ञा तोड्न परवानीपुरमा बसेका बन्दकर्ताहरुले सवारी सधनमा तोडफोड गरेका हुन् ।

प्रहरीले ढुंगामुढा गर्नेहरुलाई लखेटेर तितरबितर पारेको थियो ।
सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>