समाचारआइतबार, भाद्र १३, २०७२
टिचिङ अस्पतालका रेजिडेन्ट डाक्टर पनि आन्दोलित
डा. केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै त्रिवि शिक्षण अस्प्तालमा कार्यरत रेजिडेन्ट चिकित्सकले भोली, १४ भदौदेखि सेवा वन्द गर्ने भएका छन् ।
रेजिडेन्ट चिकित्सकहरुसँगै चिकित्स शास्त्र अध्ययन संस्थानका विद्यार्थीहरुले कक्षा बहिस्कार गर्ने निर्णय गरेका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्ट डक्टर्स एशोसिएसनको १३ भदौमा बसेको बैठकले इमर्जेन्सी बाहेकका अन्य सेवाहरुमा सहभागी नहुने निर्णय गरेको हो ।
डा. केसीका अघिल्ला अनशनहरुमा शुरुमै आन्दोलित भएको एशोसियसन यसपटक सकभर अस्पतालको सेवा बन्द नगर्ने भन्दै सातौं दिनसम्म कुर्दा पनि सरकार आफैंले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने पूर्व प्रतिवद्धता कार्यान्वयनमा कुनै चासो नदिएकोले ओपिडी सेवामा सहभागी नहुने निर्णय गरेको एशोसियनका अध्यष रामचन्द्र सापकोटाले बताए ।
आज १३ भदौदेखि नै रेजिडेन्ट चिकित्सकले समेत रिले अनशन शुरु गरेका छन् । यसअघि चिकित्सकहरुको टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको थियो भने डा. केसीको समर्थनमा महाराजगञ्जदेखि सिंहदरबारसम्म र्यालीको पनि आयोजना गरिएको थियो ।
सम्बन्धित:
प्रा.डा.गोविन्द केसीको शक्तिको स्रोत के हो ?
डा. केसी र सरकारबीच भएको सम्झौता
डा. केसी बचाऊ, थिति बसाऊ
डा. केसी जस्तै हुन्छन्, क्रान्तिकारी
‘यो आन्दोलन प्रोफेसर केसीको मात्रै रहेन, सबै नेपालीको भइसक्यो’