समाचारसोमबार, भाद्र १४, २०७२
भारतका गृहमन्त्री सिंहले भने, ‘नेपालमा रहेका एक करोड भारतीयकाे चासो सम्बोधन हुनुपर्छ’
भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय जनता रहेकाले उनीहरुको चासो सम्बोधन हुनुपर्ने बताएका छन् ।
इन्डिया टुडेका अनुसार भारतीय जनता पार्टीका नेता समेत रहेका सिंहले मधेशी समस्या नेपालको अन्तरिक मामला भएको बताएका छन् । “मधेशी समस्या नेपालको अन्तरिक हो, तर भारतीय सरकारले एक करोड भारतीय जनताको चासो सम्बोधन गर्नुपर्छ”, सिंहले भने ।
उनले भारतीय नागरिक नै केही बर्षअघि नेपालको मधेशमा बसाई सरेर नेपाली नागरिकता लिएको बताए । नेपालको मधेशमा बसाई आएका मध्ये धेरैले नेपाली नागरिकता लिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>