थप समाचारसोमबार, भाद्र १४, २०७२

विराटनगरमा पत्रकारको गाडीमा तोडफोड

हिमालखबर

संयुक्त मधेशी मोर्चाका बन्दकर्ताले विराटनगरमा दुई वटा प्रेसको गाडीमा तोडफोड गरेका छन् ।

विराटनगरस्थित मकालु टेलिभिजनको प्रेस लेखिएको बा १० च ३९३७ नंको गाडीलाई रोडशेष चोकमा बन्दकर्ताले तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी, विराटनगर–८ स्थित शिव मन्दिरनजिक हिमालय टाइम्स दैनिकको पूर्वाञ्चल क्षेत्रीय प्रमुख निर्मल ढुङ्गाना चढ्नुभएको मोटरसाइकल बन्दकर्ताले तोडफोड गरेका छन् ।

प्रेस लेखिएको को१३प ९७३ नंको सो मोटरसाइकलको अगाडिको सिसा फुटेको छ ।

बन्दकर्ताले पत्रकारको गाडीलाई निर्वाध चल्न दिने भनेका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...