समाचारसोमबार, भाद्र १४, २०७२
सरकारी कार्यालयमा आगजनी
जिल्ला प्रशासन कार्यालय रौतहटले काजजात राखेको जिल्ला विकास समिति रौतहटको पुरानो भवनको कोठामा सोमबार बिहान आगजनी भएको छ ।
मधेशी मोर्चाले गरेको बन्दको १६ औँ दिनमा जिविस रौतहटको पुरानो भवनमा आगजनी हुँदा कागजातहरु जलेर नष्ट भएका छन् । जिल्ला प्रशासन कार्यालयको भवन निर्माणको क्रममा रहेकाले जिविस भवनको कोठामा कागजपत्र स्टोर गरी राखिएको थियो ।
आगो लागेपछि सुरक्षाकर्मीले वारुणयन्त्रको सहयोगमा आगो निभाएका छन् । आगजनीबाट जिल्ला प्रशासन कार्यालयका फाइल तथा विभिन्न कागजपत्र र केही फर्निचरहरु जलेर नष्ट भएको छ । धेरै वर्षअघिका कागजपत्र, पुराना फर्निचर जलेर नष्ट भएको रौतहट प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>