समाचारसोमबार, भाद्र १४, २०७२
वार्ताको औचित्य छैनः उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुक्ति नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
मधेशी, थारु, आदिवासी, दलित, जनजातिहरु आफ्नो अधिकार संविधानमा सुनिश्चित गराउन सडकमा ओर्लिसकेको भन्दै अध्यक्ष यादवले अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताए ।
१४ भदौमा जनकपुरमा अध्यक्ष यादवले २०६४ सालमा सरकारले गरेको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन नै वार्ताका लागि आफूहरुको ‘बटमलाइन’ भएको बताए ।
यथास्थितिमा सरकारसँग वार्ता हुन नसक्ने बताउँदै अध्यक्ष यादवले विगतको सम्झौता तत्काल लागू गर्नुपर्ने अडान राखे । सरकारले आन्दोलनरत दलहरुलाई वार्ताका लागि आह्वान गरिरहेका बेला अध्यक्ष यादवले तत्काल वार्ताको औचित्य नरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
