Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप - Himalkhabar.com

थप समाचारसोमबार, भाद्र १४, २०७२

वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप

हिमालखबर

unnamedवीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा परी दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

वीरगञ्जको नगवा, घण्टाघर, बसपार्कलगायत क्षेत्रमा भएको झडप नियन्त्रण लिन प्रहरीले अश्रुग्याँस र गोली समेत चलाएको थियो । झडपमा परी १० वर्षका ईरफान अन्सारी, १० वर्षकै मुन्नाकुमार यादव, वर्ष २२ का अनवर हवारी, वर्ष २० का मनोज महतो, वर्ष २२ का कृष्ण कुमार पटेल, २२ बर्षकै मनोजकुमार यादव लगायत घाइते भएका छन् ।

घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि ६ जना घाइते भएको प्रहरीले जनाएको छ । १३ दिनदेखि संयुक्त मधेशी मोर्चाले तराईमा बन्द र प्रदर्शन जारी राखेको छ ।

पर्सा प्रशासनले अवस्था नियन्त्रणमा लिन अहिले चार बजेपछि कफ्र्यू लगाउने तयारी गरेको छ ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>