थप समाचारसोमबार, भाद्र १४, २०७२

सिराहामा गोली लागेर एक युवक घाइते

हिमालखबर

मिर्चैया–१०, सिराहामा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।

लगभग ३० वर्षीय रामबाबु यादव घाइते भएको प्रहरीले जनाएको छ । स.३ प ७२२० नम्बरको मोटरसाइकल चढिरहेका बेला अज्ञात समूहले गोली प्रहार गरेका थिए ।

गोली चलाउने समूहको पहिचान नभएको प्रहरीले जनाएको छ । देब्रे पाखुरामा गोली लागेका घाइते यादवलाई भने थप उपचारका लागि विराटनगर लगिएको छ ।

-दिलीप सिंह, सिराहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...