थप समाचारसोमबार, भाद्र १४, २०७२

संयुक्त मोर्चाका संयोजकसहित पाँच जना पक्राउ

हिमालखबर

unnamed

संयुक्त माेर्चाका संयाेजक यादव ।

संयुक्त मधेशी मोर्चा लहानका संयोजकसहित पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्द गराउँदै हिडेका मोर्चाका संयोजक कृष्णबहादुर यादवसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानले कृष्णबहादुर यादव, दिनेश महतो, जिवछ यादव, राम उदगार यादव र दिनेशप्रसाद मेहतालााई प्रक्राउ गरेको हो ।

पक्राउपछि प्रहरीले उनीहरुलाई निर्घात कुटपिट भएको मोर्चाले जनाएको छ । पक्राउपछि प्रहरीले कुटपिट गरी घाइते बनाएका बन्दकर्ताहरुको अहिले लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

दिलीप सिंह, सिराहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...