समाचारसोमबार, भाद्र १४, २०७२
एमाले पार्टी कार्यालयमा तोडफोड
अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नेकपा एमाले महोत्तरीको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताले संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट मोटरसाइकल र्याली सुरु गरी शङ्करचोक हुँदै जलेश्वर–१ स्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरेका हुन् ।
अनिश्चितकालीन मधेस बन्द र मधेस आन्दोलनलाई एमालेले असहयोग गरेको भन्दै तोडफोड र आगजनी गरेको मोर्चाले जनाएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
