समाचारसोमबार, भाद्र १४, २०७२

बीरगञ्जमा आन्दोलनकारीले कर्फ्यू उल्लङघन गरे, दुई प्रहरी चौकीमा आगजानी

हिमालखबर

स्थानीय प्रशासन पर्साले जारी गरेको कर्फ्यू आन्दोलनकारीले अवज्ञा गर्दै प्रहरी चौकीमा आगजानी गरेको छ ।

आन्दोलनकारीले कर्फ्यू उल्लङ्घन गर्दै प्रहरी चौकीमा आगजानी गर्नुका साथै प्रशासन कार्यालयमा समेत ढुंगामुढा प्रहार गरिरहेका छन् । अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाइरहेको छ भने अश्रुग्याँस प्रहार भइरहेको छ ।

प्रदर्शनकारीले केहीदिन अघि प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोड गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>