समाचारसोमबार, भाद्र १४, २०७२

प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि झपड, दर्जनौं राउण्ड गोली प्रहार

हिमालखबर

बाराको सदरमुकाम कलैयामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि प्रहरीसँग झडप भएको छ ।

अवस्था अनियन्त्रित बन्दै गएपछि प्रहरीले दर्जनौं राउण्ड गोली र अश्रुग्याँस प्रहार गरेको थियो । कलैया चोंकमा आयोजित सभालाई सम्बोधन गर्दै तराई मधेश लोकतान्त्रिकका महामन्त्री जितेन्द्र सोनलले शान्तिपूर्ण तरिकाले स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र तोड्न निर्देशन दिएका थिए ।

उनको निर्देशनपछि गाउँगाउँबाट ल्याइएका प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए । झड्पका कारण तनावग्रस्त बनेको अवस्थालाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी पन्थीले गोली चलाउने निर्देशन दिएका थिए ।

-श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>