समाचारसोमबार, भाद्र १४, २०७२

वीरगञ्जमा भएको झडपमा एक आन्दोलनकारीको मृत्यु

हिमालखबर

बीरगञ्जमा प्रहरीसँगको भिडन्तमा परी एक आन्दोलनकारीको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

प्रदर्शनकारीले कर्फ्यू तोडेपछि भएको झडपमा परी पर्सा मनियारीका ३० बर्षीय दिलीप चौरसियाको मृत्यु भएको हो । झडपको क्रममा गोली लागेका चौरसियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । उनकाेे ढाँडमा गाेली लागेकाे थियाे ।

स्थानीय प्रशासनले दिउँसो ४ बजेबाट जारी गरेको कर्फ्यू प्रदर्शनकारीले उलङ्घन गर्दा पटक–पटक प्रहरीसँग झडप भएको थियो । प्रहरी र प्रर्दशनकारीबीच वीरगञ्जको नगवा, बसपार्क, घण्टाघर, माईस्थान, मुर्ली राधेमाई लगायतका स्थानमा भएको झडपमा अरु थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन दर्जनौं राउण्ड गोली र अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले गण्डक, रानीघाट र अशोकबाटिकास्थित प्रहरी चौकी र नेकपा एमालेको पार्टी कार्यालयमा आगजानी गरेका थिए ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>