समाचारमंगलबार, भाद्र १५, २०७२

कर्फ्यू अवज्ञा गर्दै वीरगञ्जमा प्रदर्शन, दुई आन्दोलकारी घाइते

हिमालखबर

वीरगञ्जमा १५ भदौ विहान कर्फ्यु तोडेर प्रदर्शन हुनथालेपछि प्रहरीले चलाएको गोली लागि दुई जना घाइते भएका छन् ।

कर्फ्युको अवज्ञा गरेका प्रदर्शनकारी र प्रहरीबीच वीरगन्जको गण्डकमा  झडप भएपछि प्रहरीले गोली प्रहार गर्दा बहुअरीका संदीप पटेल र दिपेश पटेल घाईते भएका हुन् ।

उनीहरुको टाउको र छातीमा गोली लागेको छ । घाईते दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

१४ भदौ साँझ प्रहरीको गोलीबाट एकजना प्रदर्शनकारीको मृत्यु भएपछि पर्साको स्थिति तनावग्रस्त हुँदै गएको हो ।

अहिले यहाँका गाउँगाउँमा समेत प्रदर्शन भइरहेको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>