समाचारमंगलबार, भाद्र १५, २०७२

वीरगञ्जः अस्पताल क्षेत्रमा गोली चल्यो, तीन घाइते

हिमालखबर

कर्फ्यूको अवज्ञा गर्दै नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जमा ढुंगामुढा गर्न पुगेका आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबर गोली प्रहार गरेको छ ।

प्रहरीले चलाएको रबर गोली लागेर तीन जना घाइते भएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

अस्पतालको सुरक्षार्थ खटिएका प्रहरीले गोली चलाउँदा सीभिल ड्रेसमा रहेका एक प्रहरी जवान, अस्पतालका कर्मचारी र विरामीका कुरुवा घाइते भएका हुन् ।

प्रहरीले अस्पताल परिषर बाहिरबाटै रबर गोली हानेको थियो ।

आजै विहान गण्डक चोकमा आन्दोलकारीमाथि प्रहरीले गोली चलाउँदा बहुअरीका संदीप पटेल र दिपेश पटेल घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।

कर्फ्यू लागेका बेला पनि आन्दोलनकारी उक्त अस्पतालमा जम्मा हुन थालेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

अस्पताल क्षेत्रमा अस्पतालकै कर्मचारी घाइते हुने गरी गोली चलाइएको बारे स्पष्टिकरण लिइने प्रहरी उपरीक्षक लोहनीले वताए ।

यसअघि कर्फ्यूको अवज्ञा गर्दै सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो अस्पताल पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>