खेलकुदमंगलबार, भाद्र १५, २०७२

एसीसी यू–१९ः कुवेतसँग नेपाल ८३ रनले विजयी

हिमालखबर

१९ बर्ष मुनिको एसीसी क्रिकेटमा नेपालले कुवेतलाई ८३ रनले पराजित गरेको छ ।

८ विकेटको क्षतिमा नेपालले दिएको २५१ रनको लक्ष्य कुवेतले पूरै ओभर खेल्दा पनि भेटाउन सकेन । ९ विकेटको क्षतिमा कुवेतले १६७ रन मात्रै बनायो । कुवेतका लागि माेहमद मीजन अलीले अविजित ८४ रन जाेड्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जाेड्न सकेनन् ।

नेपालका लागि सुशील कँडेल र प्रेम तामाङले २/२ विकेट लिएका थिए भने दिपेन्द्रसिंह ओली, दिपेश श्रेष्ठ, आरिफ शेखले एक/एक विकेट लिए ।

नेपालले दिपेन्द्रसिंह ओलीको ८५ र सौरभ खनालको ७३ रनको मद्दतमा नेपालले २५० रन बनाएको थियो ।  यो खेलसँगै प्रतियोगिताको ४ खेल मध्ये नेपालले तीनमा जित हात पारेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...