समाचारमंगलबार, भाद्र १५, २०७२

आन्दोलनका क्रममा मृत्यु भएका ठाकुरको शव आफन्तले बुझे

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रौतहटका राजकिशोर ठाकुरको शव आफन्तले बुझेका छन् ।

रौतहटको सदरमुकाम गौरस्थित कवीर चोकमा गत ८ भदौमा प्रहरीले चलाएको गोली लागेर मठिया–७, का २४ बर्षीय ठाकुरको मृत्यु भएको थियो । मृतकलाई शहीद घोषणा  र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।

तर, जिल्ला सुरक्षा समन्वय समितिले मागका सम्बन्धमा गहृमन्त्रालयमा पत्राचार गर्ने सहमति गरेपछि शव बुझेको प्रहरी उपरीक्षक प्रद्युन्न कार्कीले बताए ।

उनका अनुसार जिल्ला सुरक्षा समन्वय समितिको बैठकले मृतक ठाकुरलाई शहीद घोषणाका लागि प्रक्रिया शुरु गरेको छ ।

मोर्चाले मृतक ठाकुरलाई शहीद घोषणा, आश्रित परिवारलाई क्षतिपूर्ति तथा परिवारमध्ये एकजनालाई रोजगारीसहित पाँचबुँदे माग राखेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>