Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कलैयामा पनि एक जना प्रदर्शनकारीको मृत्यु - Himalkhabar.com

थप समाचारमंगलबार, भाद्र १५, २०७२

कलैयामा पनि एक जना प्रदर्शनकारीको मृत्यु

हिमालखबर

बारामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । तस्वीर: श्याम गुप्ता

बारामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । तस्वीर: श्याम गुप्ता

बाराको कलैयामा प्रहरीको गोलीबाट एकजना प्रदर्शकारीको मृत्यु भएको छ ।

स्थानीय प्रशासनले लगाएको कर्फ्यू अवज्ञा गर्दै विहानैदेखि प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच भएको झडप उग्र हुँदै गएपछि प्रहरीले चलाएको गोली लागेर कलैया– १० का २१ वर्षीय हिफाजत अन्सारीको मृत्यु भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराको प्रवक्ता अरुण कुमार सिंहले बताए ।

अहिले प्रर्दशनकारीहरुले भरतचोकमा शवसहित प्रदर्शन गर्दैै छन् ।

त्यस्तै झडपमा परेर बाराकै छोड्की फुलवरीयाका २५ वर्षका सुरेश यादव गम्भीर घाईते भएका छन् । उनको कन्चटमा गोलीको छर्रा लागेको छ ।

उनलाई उपचारका लागि वीरगञ्ज ल्याईएको छ ।

भरतचोकमा अन्य ५ जना छर्रा लागेर सामान्य घाईते छन् । यसअघि ठाँउ ठाउमा भएको झडपमा परी सामान्य घाइते कम्तीमा २० जनाको उपचार कलैया अस्पतालमै भैरहेको छ ।

यसअघि वीरगञ्जमै आज एकजना र हिजो १४ भदौमा अर्का एकजना आन्दोलनकारीको मृत्यु भएको थियो ।
सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>