समाचारमंगलबार, भाद्र १५, २०७२

हिन्दू राष्ट्र माग गर्ने प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

हिमालखबर

हिन्दू राष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि  प्रहरीले प्रदर्शनकारी  पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले पनि प्रहरीलाई ढुंगा प्रहार गरेका छन् ।

कांग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको प्रदर्शनकारीको समूह तीनकुनेबाट र कमल थापा नेतृत्वको प्रदर्शनकारी समूह त्रिपुरेश्वरबाट नयाँ बानेश्वर पुगेपछि प्रहरीसँग झडप शुरु भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>