Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लिम्बुवानका कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमण - Himalkhabar.com

थप समाचारमंगलबार, भाद्र १५, २०७२

लिम्बुवानका कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमण

हिमालखबर

k. humagainसंघीय लिम्बुवान पार्टी नेपालका कार्यकर्ताले पत्रकार कृष्ण हुमागाईंलाई कुटपिट गरी घाइते बनाएका छन् ।

समाचार संकलनका लागि मोटरसाइकलमा निक्लेका हुमागाईंलाई लिम्बुवानका कार्यकर्ताले १५ भदौ दिँउसो २ बजे बन्दको अवज्ञा गरेको भन्दै बिर्तामोडमा कुटपिट गर्नुका साथै उनी चढेको मोटरसाइकल पनि तोडफोड गरेका छन् ।

घाइते हुमागाईंको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, हात र ढाडमा चोट लागेको छ ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङ्गले पत्रकारको परिचयपत्र देखाँउदा देखाँउदै हुमागाँईमाथि आक्रमण भएको बताएका छन् । हुमागाईं नेपाल पत्रकार महासङ्घ झापाका पूर्वसभापति एवम् नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष समेत हुन् ।

नेम्बाङ्गले बिज्ञप्ती जारी गर्दै दोषीलाई पक्राउ गरि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा लिम्बुवान प्रदर्शनकारीले पत्रकारमाथि गरेको आक्रमण स्वतन्त्र प्रेसबिरोधी कार्य भएको उल्लेख छ ।

लिम्बुवानले आव्हान गरेको दुईदिने बन्दको दोस्रोदिन झापाको जनजीवन कष्टकर प्रभावित भएको छ । विद्यालय, बजार र कलकारखाना बन्द छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>