समाचारमंगलबार, भाद्र १५, २०७२

कांग्रेस महाधिवेशन अनिश्चितकालका लागि स्थगित

हिमालखबर

flag-of-nepali-congress1नेपाली कांग्रेसले पार्टीको  महाधिवेशन  अनिश्चितकालका लागि स्थगित गरेको छ ।

१५ भदौमा कांग्रेस केन्द्रीय समितिको बैठकले मुलुकका विभिन्न भागमा देखिएका असन्तुष्टिहरूलाई पहिलो प्राथमिकता दिएर संविधान निर्माणमा ध्यान केन्द्रीत गर्न महाधिवेशन स्थगित गर्ने निर्णय गरेकोे उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

उनले नयाँ मिति तोक्न अन्तरिम संविधानमा संशोधन गर्नुपर्ने भएकोले, अन्य प्रमुख दलहरूसँग छलफल गरेर संविधान संशोधन गरेपछि मात्रै अर्को मिति घोषणा गरिने बताए ।

नेतृत्व महाधिवेशन गर्न अनिच्छुक: केसी
यसैबीच कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व महाधिवेशन गराउन इच्छुक नभएको आरोप लगाएका छन् ।

महाधिवेशन गर्ने भए ४ महिना अघि नै तयारी समिति, विभिन्न उपसमिति गठन गर्नुपर्ने भएपनि अन्तिम अवस्थामा स्थगित गर्नु नेतृत्वको ठूलो कमजोरी रहेको उनको भनाई छ ।

उनले भने, “अधिवेशन भन्दा ठूलो कुरा संविधान भएपनि समयमै महाधिवेशन गर्न नसकेर अरु पार्टीसँग गुहार माग्नु लज्जास्पद र अदूरदर्शीता हो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>